केन्द्रीय सभाको उनान्चालिसौं साधारण सभा
उद्घाटन कार्यक्रम

नेपाल दृष्टिविहीन कल्याण संघको ३९ औं साधारण सभा २०८३ आश्विन १७ गते शनिबारका दिन एक कार्यक्रमबीच सम्पन्न भयो । संघका केन्द्रीय समितिका अध्यक्ष श्री तीर्थराज वन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई नेपाल गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टन्डनले पानसमा बत्ती बाली समुद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा समुद्घाटन मन्तब्य ब्यक्त गर्दै यस संघले सामाजिक सेवाको क्षेत्रमा त्यसमा पनि अपाङ्गता भएका ब्यक्तिहरूको शिक्षा र पुनर्स्थापनमा विगत ४ दशकदेखि सेवा पुर्याइरहेको जान्न पाउँदा अत्यन्त खुशी भएको बताउनु भयो । यसै क्रममा गुठी संस्थाले समुदायको सभ्यता र विकासको संरक्षणको निमित पुर्खाहरूले स्थापना गरेको स्मरण गर्दै गुठी संस्थानले भविष्यमा पनि यस संस्थालाई आफ्नो उद्देश्य पुरा गर्नमा आफ्नो क्षेत्रबाट सहयोग रहने आश्वासन ब्यक्त गर्नुभएको थियो ।
पुस्तक विमोचन
उक्त साधारण सभाको समुद्घाटन समारोहमा प्रमुख अतिथि डा. गोविन्द टन्डनबाट संघको ऐतिहासिक स्मृति ग्रन्थ विमोचन गर्नुभएको थियो । संघको स्थापना कालदेखि हाल (२०३९–२०८२) सम्मको गतिविधिको संक्षिप्त रूपमा प्रकाशन गरिएको उक्त पुस्तकले संघको संस्थागत स्मरणलाई हस्तान्तरण गर्ने र अभिलेखको रूपमा रहने कुराले संघको बारेमा जानकारी राख्न चाहने जोसुकैलाई महत्वपूर्ण हुन सक्नेछ ।

शुभकामना मन्तब्य
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा काठमाण्डौ महानगरपालिका वडा ११ का अध्यक्ष श्री हिरालाल तण्डुकारले शुभकामना मन्तब्य दिंदै यस संस्थाको भवन निर्माणको समयदेखि आफु निरन्तर रूपमा यस संघसंग जोडिएको स्मरण गर्दै वास्तविक रूपमा सामाजिक मुलधारबाट पछाडि रहेका वर्गको यस संघले सेवा पुर्याउँदै आएको आफुले पाएको बताउनु भयो । यस कार्यक्रममा गुठी संस्थानका प्रमुख प्रशासक श्री शैलेश राज कुँवरको समेत उपस्थिति रहेको थियो ।त्यस्तै पुरस्कृत ब्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गर्दै संघको ३९ औं साधारण सभाको अवसरमा संघका पूर्व अध्यक्ष श्री कमल रूपाखेतीले विगतमा दृष्टिविहीन ब्यक्तिहरूको शिक्षा र पुनर्स्थापनाको लागि यस संघले महत्वपूर्ण भूमिका निभाएको स्मरण गर्दै अहिले लक्षित वर्गहरू नै सामाजिक विभिन्न विधा र क्षेत्रमा नेतृत्वदायी भूमिका निभाईरहेको देख्दा यस संघले आफ्नो स्थापनाकालिन उद्देश्य पुरा गर्न सफल भएको मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यसैगरी यस अवसरमा साधारण सभाको सफलताको कामना गर्दै राष्ट्रिय अपाङ्ग महासंघ–नेपालका उपाध्यक्ष श्री शोभा कार्की, रोटरी क्लव अफ काष्ठमण्डपका अध्यक्ष श्री शैलेश वैद्य, बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालयका प्रतिनिधि श्री चन्द्राकुमारी ब्याञ्जनकार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।

संघका केन्द्रीय कार्य समिति उपाध्यक्ष श्री चण्डेश्वरानन्द राज वैद्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो उक्त उद्घाटन समारोहमा संघको कार्य प्रगति विवरण महासचिव श्री पवन घिमिरेले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम कार्य समिति सदस्य श्री लोकबहादुर गुरूङले सञ्चालन गर्नुभएको थियो ।

पुरस्कार वितरण
सोही अवसरमा प्रमुख अतिथि तथा विशेष अतिथिहरूबाट संघबाट प्रदान गरिने तपसिल अनुसारको व्यक्तित्वहरूलाई पुरस्कृत गरिएको थियो ।
क. “डा. लक्ष्मीनारायण प्रसाद स्मृति पुरस्कार” : अपाङ्गताको क्षेत्रमा अनुकरणिय कार्य गर्ने संस्था वा ब्यक्तिलाई हरेक ३ वर्षमा सम्मानपत्र तथा नगदस्वरूप १,११,१११।– उपलब्ध गराउदै आएकोमा यस वर्ष दृष्टिविहिन ब्यक्तिहरूको लागि सि. वि. आर. कार्यक्रम सञ्चालन गरि लामो समयदेखि दृष्टिविहीन ब्यक्तिहरूको शिक्षा र पुनर्स्थापनमा सहयोग गरेको जिल्ला शाखा काभ्रेलाई यस पुरस्कृत गरिएको थियो ।

ख. “डा. लक्ष्मीनारायण प्रसाद प्रतिभा पुरस्कार” : शै.स. २०८२ मा माध्यमिक शिक्षा परिक्षामा दृष्टिविहीन विद्यार्थीहरूमध्येबाट सर्वोत्कृष्ठ अंक प्राप्त गर्ने तपसिलका एक जना छात्र र एक जना छात्रालाई रू.१०,०००।– का दरले डा. लक्ष्मीनारायण प्रसाद प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
१) छात्रतर्फ श्री वीपिन कार्की जि.पि.ए.३.९५, मंगलप्रसाद मा.वि, नेपालगंज ।
२) छात्रातर्फ श्री रविना सुनार, जि.पि.ए.३.८२, मंगलप्रसाद मा.वि, नेपालगंज ।
ग. ज्योति के.सी. प्रतिभा पुरस्कार : स्नातक तहमा अध्ययन गर्न दृष्टिविहीन छात्रा आश्मा लिम्बुलाई संघका केन्द्रीय सदस्य श्री ज्योति के.सीबाट प्राप्त रू..५,०००।– पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
घ. रोटरी क्लव अफ काष्ठमण्डप पुरस्कार : शै.स. २०८२ मा SEE परीक्षामा दृष्टिविहीन विद्यार्थीहरू मध्येबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने २५ जना विद्यार्थीहरूलाई रोटरी क्लव अफ काष्ठमण्डपबाट रू.१०,०००।– दरले पुरस्कृत गरिएको थियो ।
| S.N. | Name of Students | Sex | GPA | Name of School | |
| 1 | Bipin Karki | M | 3.95 | Mangal Prasad Sec, Nepalgunj | |
| 2 | Bharat Sunar | M | 3.91 | Mangal Prasad Sec, Nepalgunj | |
| 3 | Shiba Ram Chaulagai | M | 3.87 | Sanjiwani sec School, Kavre, | |
| 4 | Anish Khatri | M | 3.86 | Janta Dhan Sec School, Baglung | |
| 5 | Samrat Pangini | M | 3.85 | Amarsingh Sec School, Kaski | |
| 6 | Anshu BKa. | M | 3.84 | Mangal Prasad Sec, Nepalgunj | |
| 7 | Rabina Sunar | F | 3.82 | Mangal Prasad Sec, Nepalgunj | |
| 8 | Babina Marahatta | F | 3.79 | Laboratory Sec School, Kirtipur | |
| 9 | Yasbina Niraula | F | 3.79 | Saraswoti Sec School, Jhapa | |
| 10 | Puspa Rasaili | F | 3.76 | Amarsingh Sec School, Kaski | |
| 11 | Subekchchhya Adhikari | F | 3.74 | Amarsingh Sec School, Kaski | |
| 12 | Barsa Lama | F | 3.71 | Narayani Sec School, Chitwan | |
| 13 | Manisha Sunari Magar | F | 3.67 | Narayani Sec School, Chitwan | |
| 14 | Sonika Mahatto | F | 3.66 | Narayani Sec School, Chitwan | |
| 15 | Soniya Sharma | F | 3.65 | Amarsingh Sec School, Kaski | |
| 16 | Sandip Sunar | M | 3.61 | Janta Dhan Sec School, Baglung | |
| 17 | Babin Rana | M | 3.61 | Damakada Sec School, Palpa | |
| 18 | Dawa Sherpa | F | 3.58 | Adarsh Saul Sec School, Bungamati | |
| 19 | Manish Sharma | M | 3.58 | Janta Dhan Sec School, Baglung | |
| 20 | Dipika Tharu | F | 3.56 | Nepal Rastriya Sec School, Bardiya | |
| 21 | Yaman Magar | M | 3.50 | Adarsh Saul Sec School, Bungamati | |
| 22 | Suni Tamang | F | 3.50 | Amarjyoti Sec School, Gorkha | |
| 23 | Gauri Deuba | F | 3.48 | Amarsingh Sec School, Kaski | |
| 24 | Anjila Thapa | F | 3.47 | Shanti Namuna Sec School, Rupandehi | |
| 25 | Rama Pokharel | F | 3.45 | Shanti Namuna Sec School, Rupandehi |
कार्य प्रगति विवरण प्रस्तुति
संघको उनान्चालिसौं साधारण सभामा संस्थाको संक्षिप्त कार्य प्रगति प्रस्तुत गर्दै संघका महासचिव श्री पवन घिमिरेले संघबाट सञ्चालित विभिन्न कार्यक्रमको गत आ.व. २०८२/०८३ को आषाढ मसान्तसम्ममा सञ्चालित पुनर्स्थापन कार्यक्रम अन्तर्गत हाल जिल्ला शाखा कैलाली, कास्की र बारा जिल्लामा फलोअप, आँखा जाँच, आय आर्जन र समावेशी शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिंदै आएको छ । जिल्ला शाखा सिरहा, सुनसरी तथा काभ्रेमा दृष्टिविहीन विद्यार्थीहरूको लागि छात्रवृत्ति, शैक्षिक सामग्री प्रदान लगायतका कार्यक्रम गरिंदै आएको छ । यस आ.व. मा यस संघको केन्द्रीय कार्यालयबाट कोशी प्रदेशका ४ विद्यालयमा दृष्टिविहीन विद्यार्थी, श्रोत तथा दृष्टिविहीन शिक्षक, आया र अभिभावक गरी ९२ जनालाई गमनशीलता सम्बन्धी तालिम तथा करिव ५२ थान सेतो छडी वितरण, दैनिक चर्या तालिमको लागि साबुन, टुथपेष्ट, ब्रुस लगायतका सामग्री वितरण, उक्त ४ विद्यालयका १०२ जना दृष्टिविहीन विद्यार्थीहरूको ब्यक्तिगत शैक्षिक योजना तयारी र सम्ब्न्धित शिक्षकहरूलाई अभिमूखिकरण प्रदान गरिएको थियो । यस अवधिमा कैलालीमा ५ जनालाई आयमूलक कार्यक्रम अन्तर्गत ऋण वितरण तथा केन्द्रीय कार्यालयबाट कोशी प्रदेशका ४ विद्यालयमा १२८ जनाको आँखा जाँच गरिएको छ ।

हालसम्म यस संघबाट ५१२१ जनालाई गनमशीलताको तालिम, १४४० जनालाई विविध व्यवसायिक सीपमूलक तालिम, ११७२ जनालाई आयमूलक कार्यक्रम अन्तर्गत ऋण वितरण, ३,०२,३३३ जनाको आँखा जाँच, ११८४७ जनाको मोतियाविन्दुको शल्यकृया गरी सहयोग पुर्याइएको छ ।
संघको उनान्चालिसौं वार्षिक साधारण सभाको उद्घाटन सत्रको सभापतिको आसनबाट श्री तीर्थराज वन्तले यस संघको अध्यक्ष भएपश्चात् संघको विगतदेखिको इतिहासलाई संस्थागत स्मृतिको हस्तान्तरण र अभिलेखीकरणको लागि संघको ऐतिहासिक स्मृति ग्रन्थ प्रकासन गर्नु र संघको केन्द्र तथा शाखाहरूको आपतकालीन अवस्थामा उपयोग गर्न एक संस्था समृद्धि कोष स्थापना गर्ने कार्य गरेको स्मरण गर्दै ३९ औं साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा पाल्नु हुने गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टन्डन लगायत सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै सभाको समापन गर्नु भएको थियो ।

दोश्रो सत्र
संघको ३९ औं साधारण सभाको दोश्रो सत्र केन्द्रीय अध्यक्ष श्री तीर्थराज वन्तको सभापतित्वमा सञ्चालन भएको थियो ।
महासचिवको प्रगति विवरण प्रस्तुति
उक्त साधारण सभाको दोश्रो सत्रमा महासचिवले आ.व. २०८२/०८३ को कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त कार्य प्रगति प्रतिवेदन सभाबाट पारित गरियो ।
कोषाध्यक्षको प्रगति विवरण प्रस्तुति
संघका कोषाध्यक्ष श्री शुषमा गौतमले आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन बमोजिम आषाढ मसान्तसम्मको आम्दानी खर्च विवरण प्रस्तुत गर्नु हुँदै आ.व. २०८३/०८४ को अनुमानित बजेट समेत प्रस्तुत गर्नु भएको थियो । सो माथि छलफल भई सभाबाट पारित गरियो ।

आर्थिक बर्ष २०८२/०८३ को लेखा परीक्षणको प्रतिवेदन यस सभाबाट पारित गर्नको लागि प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/०८३ को लागि कूल विनियोजित बजेट रू.१,५६,५३,०००।– स्वीकृत भएको मध्ये यथार्थ खर्च रू.१,६६,८८,२७९।– भई उक्त विनियोजित रकमको १०६.६१ प्रतिशतले खर्च भएकोे जानकारी गराउनु भयो ।
यसै गरी संघ र संघ अन्तर्गत सञ्चालित परियोजनाहरूको आ. व. २०८३/०८४ को अनुमानित वार्षिक रकम रू.२,१४,५३,०००।– प्रस्ताव गरेकोमा सभाबाट पारित गरियो ।
आम्दानी खर्चको लेखापरीक्ष्ँण गर्न केन्द्रीय कार्य समितिको मिति २०८३।५।११ को निर्णयानुसार काठमाडौं बत्तिसपुतली स्थित श्रीराम मार्गका श्री के के सिंह एण्ड कम्पनिका चार्टर्ड एकाउण्टेण्ट श्री के के सिंहलाई लेखापरीक्ष्ँकमा नियुक्ति गरेको र निजलाई पारिश्रमिक वापत उपलब्ध गराइएको लेखा परीक्षण शुल्क रू.२०,०००।– र सो कार्यको लागि यातायात खर्च रू. १०,०००।– समेतलाई सभाले अनुमोदन गर्यो ।
संघका जिल्ला शाखाहरूको प्रतिवेदन प्रस्तुती र पारित
शाखाहरूको तपसिलअनुसार प्रगति प्रतिवेदन प्रस्तुति पश्चात् पारित गरियो ।
क) जिल्ला शाखा, काभ्रे :–
जिल्ला शाखा काभ्रेको तर्पmबाट त्यस शाखाको प्रतिनिधित्व गर्नु भएका सचिव शर्मिला मल्लीले कार्यप्रगति प्रस्तुत गर्दै हाल शाखामा ६४ जना आजिवन सदस्य रहेको जानकारी गराउदै यस वर्ष थप ३ जनालाई आजिवन सदस्यता प्रदान गरेको, श्री संजिवनी माध्यमिक विद्यालय, धुलिखेल, काभ्रेमा शाखाको तर्पmबाट अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ब्रेल पेपर र फलफुल वितरण गरेको, शाखाले २०८२/०८३ को लेखापरीक्षण सम्पन्न गरेको, धुलिखेल नगरपालिकामा संस्था सूचिकृत गरेको, हाल शाखामा रू.६,१५,९९७।– रकम बचत गरेको लगायत विवरण पेश गर्नु भएको थियो । शाखाबाट केन्द्रीय कार्यालयले डा. लक्ष्मीनारायण स्मृति पुरस्कार रू.१,११,१११।– बाट पुरस्कृत गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

ख) जिल्ला शाखा, कास्की :–
जिल्ला शाखा कास्कीका सचिव श्री लोकबहादुर गुरूङले केन्द्रीय सभाको ३९ औं साधारण सभामा कास्की जिल्ला शाखाको आ.व. २०८२/०८३ को अवधिमा भए गरिएका प्रगतिबारे लिखित प्रतिवेदन पेश गर्दै जिल्ला शाखाको कास्कीको १४ औं साधारण सभा सम्पन्न गरेको, ४ जना दृष्टिविहीन विद्यार्थीहरूलाई रू.८,०००।– का दरले छात्रवृत्ति प्रदान गरेको, थप २ जनालाई रू.२,०००।– दरले वितरण गरेको, सेतो छडी दिवस र ३४ औं अन्तर्राष्ट्रिय दिवस कास्की नेत्रहीन संघसंगको सहकार्यमा सम्पन्न गरेको, दृष्टिविहीन १ जना ब्यक्तिलाई रू.६,०००।– सहयोग गरेको, अन्य ३ जना ब्यक्तिलाई आयआर्जन कार्यक्रम अन्तर्गत रू.५०,०००।– ऋण रकम उपलब्ध गराएको, गण्डकी प्रदेश अन्तर्गतका सामावेशी विद्यालयका श्रोत शिक्षक तथा गणित र विज्ञान विषयका शिक्षकहरूको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आयोजनामा संघका सहमहासचिव र केन्द्रीय सदस्यद्वारा मुख्य प्रशिक्ष्ँकको भूमिका निभाएको लगायत विवरण प्रस्तुत गर्नुभयो ।
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०८३/०८४ को लागि रू.८,००,०००।– को बजेट पेश गर्नु भएको थियो ।
ग) जिल्ला शाखा, कैलालीः–
जिल्ला शाखा कैलालीका ३९ औं साधारण सभामा जिल्ला शाखा सचिव अमर विष्टले प्रगति विवरण पेश गर्नु भएको थियो ।
जिल्लामा रहेका दृष्टिविहीन तथा अपाङगता भएका ब्यक्तिहरूले ब्यवसायिक कार्य गर्नको यस शाखाबाट दृष्टिविहीन ब्यक्तिहरूलाई विविध ब्यवसायिक कार्य गर्न विगतमा ३३० जनालाई जम्मा रू.२२,५५,००० ऋण उपलब्ध गराइएको थियो । यस आ.व. २०८२/०८३ मा १७०,००० वितरण गरिएको छ । उक्त वितरित ऋण रकममध्ये यस आ.व. मा रूः २४,९६०।– ऋण फिर्ता भएको छ । हालसम्म जम्मा २९५ जना रूः १८,९१,७७३ रकम फिर्ता भएको छ ।
यस जिल्लाका दृष्टिविहीन बालबालिकाहरूलाई उनीहरूको पठनपाठनमा छात्रवृत्ति तथा बन्दोवस्ती खर्च उपलब्ध गराई सहयोग गर्दै आएको छ । यस वर्ष ३ जना विद्यार्थीहरूलाइ केन्द्रीय कार्यालयबाट बन्दोवस्ती खर्च उपलब्ध गराइएको छ ।
जानकी गाउँपालिकाको आयोजनामा यस पालिकाभित्र अपाङ्गता सम्बन्धी कार्य गर्ने विभिन्न संघसंस्थाहरूको समन्वयत्मक बैठक २०८२ चैत्र महिनामा सम्पन्न भयो । उक्त बैठकमा अपाङ्गता, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी काम गर्ने १३ वटा सामाजिक संघसंस्थाको सहभागीता रहेको थियो । बैठकमा आगामी वर्षदेखि सामाजिक संघसंस्थाहरूले गर्ने कार्यक्रम र बजेटको दोहोरोपना नहुनेगरी एकद्वार प्रणालीमार्फत कार्य गर्न पालिकामा अग्रिम पेश गर्ने निचोड निकालिएको थियो ।
टिकापुर नगरपालिका तथा यस संघको संयुक्त आयोजनामा डिसेम्वर ३, २०२४ मा टिकापुर बजारमा अपाङ्गता भएका ब्यक्तिहरूको खेलकूद तथा शाखाको भवन परिसरमा एक कार्यक्रम सम्पन्न गरी अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउने कार्य सम्पन्न भएको थियो ।
The Fund the For Social Enterprises, Japan को सहयोगमा कैलाली जिल्लाका ३ वटा स्वावलम्बन समूहमा आवद्ध अपाङ्गता भएका ब्यक्तिहरूलाई सीपमूलक तालिम सञ्चालन गरेकोमा सो कार्यको दातृ संस्थाका प्रतिनिधि मिस यूकाले नोभेम्वर ५ देखि ८, २०२५ सम्म कैलाली जिल्लाको भ्रमण अवलोकन गर्नुभएको थियो । उक्त अवसरमा विगतमा ऋण उपलब्ध गराएका अपाङ्गता भएका ब्यक्तिहरूको ऋणको सदुपयोग, हाल तालिम दिइरहेका अपाङ्गता भएका ब्यक्तिहरूको तालिमको प्रगति र कैलाली जिल्लामा अपाङ्गता बालबालिका अध्ययनरत विद्यालयको भ्रमण अवलोकन गर्नुभएको थियो । हाल उक्त तालिम कार्यक्रमबाट कैलाली जिल्लामा ४ जनाले सिलाइकटाई, मसाज, ब्यूटिपार्लर, मोटरसाइकल मर्मत सम्बन्धी ६ महिनाको तालिम लिएका छन् ।
गत वर्ष शाखाको भवन मर्मत पश्चात् यस वर्ष २०८३ बैशाखदेखि स्थानीय विद्यालयलाई भवनको ३ भाग वहालमा उपलब्ध गराइएको छ । मासिक रू.२४,०००।– घरभाडा पाउने गरी ५ वर्षलाई सम्झौता गरिएको छ ।
घ) जिल्ला शाखा, सिरहा :–
जिल्ला शाखा सिरहाको तर्पmबाट शाखा सचिव श्री महेशकुमार महतोले केन्द्रीय सभामा उपस्थित भई शाखाबाट भए गरिएका कार्य प्रगति प्रस्तुत गर्दै चौधरी आ“खा अस्पतालसंग नियमित समन्वय, सम्पर्क गरिरहेको जानकारी गराउनु भएको थियो । यस आ.व.मा केन्द्रीय कार्यालयबाट प्रँप्त विद्यालय तहका २ जना दृष्टिविहीन छात्राहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको र शाखा समृद्धि कोषमा हालसम्म रू.५०,०००।– जम्मा भएको र आगामी वर्षमा अझ वृद्धि गर्ने जानकारी गराउनु भएको थियो ।
ङ) जिल्ला शाखा, बारा :–
जिल्ला शाखा बाराको तर्पmबाट शाखा कार्य समितिका अध्यक्ष अदयानन्द पाण्डेले प्रगति विवरण पेश गर्दै यस आ.व. मा जिल्ला शाखा बाराको भवन स्थानीय कलैया सामुदायिक आ“खा उपचार केन्द्रसंग मासिक रू.७०,०००।– प्राप्त गर्ने गरी वहालमा दिएको र आ.व. २०८२/०८३ मा मधेशप्रदेश सरकारबाट रू.१६,००,०००।– प्राप्त भएकोमा उक्त रकमबाट भवन मर्मतसम्भार सम्बन्धी कार्य भएको, आ.व. २०८३/०८४ को लागि रू.५०,००,०००।– शाखाको नाममा प्रदेश सरकारबाट बजेट विनियोजित भएको जानकारी गराउनु भयो ।

च) जिल्ला शाखा, सुनसरी :–
जिल्ला शाखा सुनसरीको तर्पmबाट कार्य समिति सदस्य श्री प्रदीप लामाले प्रतिवेदन पेश गर्दै केन्द्रबाट प्राप्त ४ जना दृष्टिविहीनको लागि छात्रवृत्ति उपलब्ध गराएको, केन्द्रीय कार्यालयको स्वीकृत कार्यक्रमअनुसार धरानमा समावेशी शिक्ष्ाँ सम्बन्धी गोष्ठी सञ्चालन, आखा उपचार कार्यक्रम सम्पन्न, केन्द्रीय कार्यालयको कर्मचारीमार्पmत पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा गमनशीलता तालिम सम्पन्न सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।
छ) विविध
१) अख्तियारनामा सम्बन्धमा
संघको आ.व. २०८३/०८४ को संस्था नवीकरण गर्नको लागि सम्बन्धित स्थानीय निकाय तथा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नवीकरण कार्यको निम्ति यस संघका कर्मचारी श्री हेमन्त भुजेललाई अख्तियारनामा दिने निर्णय गरियो ।
२) लेखापरीक्षकको नियुक्ति
संघ र संघ अन्तर्गत संचालित परियोजनाहरूको आ.व. २०८३/०८४ को लेखा परिक्षण गर्न, गराउन काठमाडौं बत्तिसपुतली स्थित श्रीराम मार्गका श्री के के सिंह एण्ड कम्पनिका चार्टर्ड एकाउण्टेण्ट श्री के के सिंहलाई सो अवधिको निमित्त लेखापरिक्षण सम्पन्न गर्नको लागि लेखापरिक्षकमा नियुक्ती गर्ने र निजलाई दिइने पारिश्रमिकको हकमा अध्यक्ष, महासचिव र कोषाध्यक्षले छलफल गरी निर्धारण गर्ने जिम्मा दिने निर्णय गरियो ।
३) समवेदना ब्यक्त
यस संघ अन्तर्गत जिल्ला शाखा सुनसरीका निवर्तमान अध्यक्ष श्री हिरा उदासको २०८२ फागुन १६ गते ८१ वर्षको उमेरमा दुःखद निधन भएकोमा सभाले १ मिनेट मौनधारण गरेको थियो ।
संघका अध्यक्ष तथा सभाका सभापति श्री तीर्थराज वन्तले संघको केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्यहरू, आजीवन सदस्यहरू र कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नु हुदै संघको केन्द्रीय सभाको उनान्चालिसौं साधारण सभा समापन गर्नुभएका थियो ।

—x—
